Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हत्कडीसहित अदालतबाट भागेका थुनुवालाई सघाउने तीन जनाविरुद्ध मुद्दा


    सोमबार, माघ १५ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं जिल्ला अदालतबाट हत्कडीसहित फरार भएका ठगी मुद्दाका थुनुवाको हत्कडी खोल्ने ३ जनाविरुद्ध मुद्दा चलाइएको छ।

    गत पुस १८ गते अदालतबाट हत्कडीसहित भागेका ठगी मुद्दाका थुनुवा कमल खड्कालाई भाग्न र लुक्न सहयोग गरेको आरोपमा प्रहरीले मोहन तामाङ, रोनिष तामाङ र पारस तामाङलाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको हो।

    जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ परेकामध्ये मोहन, रोनिष र पारसले खड्काको हत्कडी खोल्न र लुकाउन सहयोग गरेका थिए । थुनछेक बहसका लागि अदालत उपस्थित गराइएका थुनुवा खड्का प्रहरीलाई छक्याएर अफलाइन पठाओ चढेर हत्कडीसहित फरार भएका थिए।

    यसपछि प्रहरीले उनलाई भाग्न सहयोग गर्ने अरु तीन जनालाई पनि नियन्त्रणमा लिएको थियो । प्रहरीले यो विषयमा अनुसन्धान सकेर रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।

    सरकारी वकिलले अदालतमा समेत मुद्दा दायर गरेको छ । मुलुकी अपराध संहिता अनुसार, थुनुवा भगाएको कसुरमा दुई वर्षसम्म कैद वा पाँच सय रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार