Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भिजिट भिसाको सेटिङ चलाएको आरोपमा अध्यागमनका थप ७ कर्मचारीविरुद्ध पक्राउ पुर्जी जारी


    आइतबार, माघ १४ २०८०
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका थप ७ जना कर्मचारीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौंले नक्कली कागजात बनाएर भिजिट भिसामा हुने मानव तस्करीमा संलग्न भएको आरोप लागेका अध्यागमन विभागका थप ७ जना कर्मचारीविरुद्ध नै पक्राउ पुर्जी जारी गरेको हो।

    अध्यागमन कार्यालयमा संगठित रूपमै भिजिट भिसाको सेटिङ चलाएको आरोपमा उनीहरुमाथि माघ ९ गते पक्राउ पुर्जी जारी गरेको थियो ।

    उक्त पक्राउ पुर्जी जारी हुने अध्यागमन अधिकृतहरूमा कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पीताम्बर रिमाल र सुजन फागो रहेका छन् ।

    भिजिट भिसा प्रकरणमा थुनामा रहेका अध्यागमन अधिकृत नरवीर खड्का र बिचौलियामाथिको अनुसन्धानमा थप कर्मचारीको संलग्नता पुष्टि भएको थियो ।

    जिल्ला प्रहरी परिसर काठमाडौंले अधिकृत खड्कासहित १० जनालाई थुनामा राखी अनुसन्धान गरिरहेको छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार