Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दाङमा बस दुर्घटना हुँदा दुईको मृत्यु, दुई जना घाइते


    सोमबार, माघ ८ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । दाङमा बस दुर्घटना हुँदा दुईको मृत्यु भएको छ ।
    बर्दियाबाट काठमाडौं जाँदै गरेको प्रदेश ३ -०१००५ ख ९७१९ नम्बरको बस दाङ लमही नगरपालिका–९ रिहार नजिकै गएराति दुर्घटना हुँदा बसमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको हाे ।

    बर्दिया गेरुवा गाउँपालिका–१ निवासी ३६ वर्षीय भीमनाथ योगी र युवराज चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । बसमा ४७ जना सवार रहेको दुई जना घाइते भएको र अन्य यात्रु सकुशल रहेको प्रहरीकाे भनाइ छ ।

    शवलाई लमही अस्पतालमा राखिएको छ । बसको पट्टा भाँचिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार