काठमाडौँ। दिनप्रतिदिन नेपाली श्रमिकको पहिलो श्रम गन्तव्य देश संयुुक्त अरब इमिरेट्स (युुएई) बन्दै गएको छ ।
वैदेशिक रोजगार विभागका अनुसार चालुु आर्थिक वर्ष २०८०-८१ को पहिलो छ महिनामा तीन लाख ४३ हजार ४०५ जनाले श्रम स्वीकृति लिएकामा युुएईका लागि लागि ८४ हजार ८५९ जनाले श्रम स्वीकृति लिएका छन् ।
विभागका महानिर्देशक डण्डुुराज घिमिरेले चालुु आवको सुुरुदेखि नै युुएई नेपालीको पहिलो श्रम गन्तव्य बन्न सफल भएको बताए । गएका दुुई वर्ष मलेसिया नेपालीको पहिलो श्रम गन्तव्य देश रहेकामा यस वर्षको सुुरुदेखि नै युुएई पहिलो गन्तव्य देश बन्न सफल भएको उनले बताए ।
अघिल्लो वर्ष लगातार तेस्रो श्रम गन्तव्य देश रहेको युएई यस वर्ष भने सुरुदेखि नै पहिलो गन्तव्य बन्न सफल भएको छ । यस अवधिमा दोस्रो श्रम गन्तव्य देश कतार रहेको छ । यस अवधिमा कतारमा ६७ हजार ५७० जनाले श्रम स्वीकृति लिएर गइसकेका छन् । तेस्रो गन्तव्य देशमा साउदी र चौथो श्रम गन्तव्य देशमा मलेसिया रहेका छन् । यस अवधिमा साउदी अरब जानका लागि ६६ हजार २९६ जनाले श्रम स्वीकृति लिएका छन् भने चौथो श्रम गन्तव्य देश मलेसियाका लागि ४८ हजार ७६४ जनाले श्रम स्वीकृति लिएका छन् ।
यस्तै यस अवधिमा कुुवेतका लागि १९ हजार ९३३ जना र दक्षिण कोरियाका लागि सात हजार १८५ जनाले श्रम स्वीकृति लिएका छन् ।
विभागका अनुसार चालु आव २०८०÷८१ को पहिलो छ महिनामा सबभन्दा बढी मङ्सिर महिनामा ७१ हजार २७६ जना रोजगारीका लागि श्रम स्वीकृति लिएका हुन् । चालु आवको साउनमा ५५ हजार ५७५, भदौमा ५० हजार ८८४, असोजमा ५६ हजार २३४ श्रम स्वीकृति लिएका छन् भने कात्तिकमा ४३ हजार ६२२ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।
गत आवमा सात लाख ७१ हजार ३२७ युवाले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्याङ्क छ । अघिल्लो आव २०७८-७९ मा यो सङ्ख्या छ लाख ३० हजार ९० ले श्रम स्वीकृति लिएर बिदेसिएका थिए । विभागका अनुसार यो नयाँ र पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या हो ।
विभागका अनुसार साउन २०८० मा काम खोज्दै ५५ हजार ५७५ बिदेसिएकामा पुसमा ६५ हजार ८१३ नेपालीले नयाँ श्रम स्वीकृति लिएका छन् । जबकि अघिल्लो वर्षको पुुसमा ६५ हजार ४६४ नेपाली बिदेसिएका थिए ।
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको...
काठमाडौं । नेपाली बजारमा आज सोमबार पनि सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ प्रतितोला ५ हजार रुपैयाँ र...
काठमाडौँ। हिजो बढेको सुनचाँदीकै भाउ आज ओरालो लागेको छ। सुनको भाउ आज तोलामा ३ हजार २ सय रुपैयाँ घटेर २ लाख ९९ हजार १ सयमा...
काठमाडौँ । नयाँ डिजाइन तथा विशेषतासहितको १ हजार रुपैयाँ दरको बैंकनोट आजदेखि चलनचल्तीमा ल्याइएको छ। नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले बिहीबार सूचना जारी गर्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend