Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ज्यान मार्ने धम्की दिई १५ लाख फिरौती मागेको आरोपमा तीन जना पक्राउ


    बुधबार, माघ ३ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । विभिन्न नम्बरबाट फोन गरेर १५ लाख नदिए सुट गरेर हत्या गर्छु भनेर धम्काएको आरोपमा तीन जना पक्राउ परेका छन् । रुपन्देहीको असुरैना-१ घर भई भरतपुर महानगरपालिका-१ मा व्यवसाय गरेर बस्ने करन गुप्तालाई बारम्बार फोन गरेर रकम मागेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका-२१ बस्ने २७ वर्षका सरोज सुनार, भरतपुर महानगरपालिका-१ का २६ वर्षीय दिपक वि.क.भरतपुर महानगरपालिका-२६ बस्ने वर्ष २५ को सागर बि.क. रहेका छन् । उनीहरुलाई प्रहरीले १५ लाख रकम दिने भन्दै लोभ्याएर हिजाे पक्राउ गरेको हो ।

    पक्राउ परेका तीनै जनालाई चितवन जिल्ला अदालतबाट आपराधिक षड्यन्त्र मुद्दा शीर्षकमा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार