काठमाण्डाै। काठमाण्डौ महानगरपालिकाले ४ हजार जनालाई साइबर सेक्युरिटीसम्बन्धी तालिम दिने भएको छ ।
‘रोजगारी र आय वृद्धि, काठमाण्डौको समृद्धि’ गौरव योजनाअन्तर्गत १५ हजार जनालाई भोलिदेखि तालिम दिने र ५ हजार जनालाई रोजगारीमा आबद्ध गराउने लक्ष्यसहित भोलिदेखि तामिल शुरु गर्ने महानगरले जनाएको छ । महानगरले ईसी काउन्सिल र ग्याप टेक्नोलोजीको सहकार्यमा तालिम दिन लागेको हो । यो सहकार्यबाट ५ करोड रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान हुने महानगरले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
साइबर सेक्युरिटी तालिममा स्मार्ट फोन, इमेलहरूमा प्राप्त हुने म्यासेज तथा सूचना, इन्टरनेट जोडिएका उपकरण र यसमा प्रयोग हुने एप्लिकेशनहरूको आधिकारिकता, जोखिमको विषयमा सिकाइनेछ । अहिले ३४ विधामा तालिम दिन लागेको र आवश्यकता र मागका आधारमा अन्य विधा थप गर्ने महानगरले सञ्चालन गर्ने सीपमूलक कार्यक्रमकी फोकल पर्सन शान्ता पहाडीले बताए ।
१५ हजार जनालाई तालिम दिने महानगरले लक्ष्य राखेकोमा साइबर सेक्युरिटी तालिमबाट मात्रै ४ हजार जना पुग्ने देखिन्छ ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको...
काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा हालै घटेका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेको बताएकी छन्। चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend