Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जनता पछाडि फर्किन चाहेका छैनन्, संविधान कार्यान्वयनमा जाऔं : राष्ट्रपति


    सोमबार, माघ १ २०८०
    1.2K
    Shares
    ?????????????????????????????????????????????????????????
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । माघीको अवसरमा प्रधानमन्त्रीसहित दलका नेतालाई शीतल निवासमा बोलाएर गरेको छलफलमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधान कार्यान्वयनका लागि दलहरूको ध्यानाकर्षण गराएका छन् ।

    पौडेलले भने, मैले यहाँ आएर धेरै विदेशीहरूसँग पनि कुराकानी गरेको छु । यति अधिकार दक्षिण एसियाका मुलुकको तुलनामा कम होला । यतिधेरै जनताले अधिकार पाएको संविधानलाई सबैले प्रशंसा गरेका छन् । यसलाई व्यवहारमा ल्याउनुपर्‍यो । संविधानले जनतालाई जे अधिकार दिएको छ त्यो सार्थक हुनुपर्‍यो । त्यसका लागि कानून बनाउनुपर्ने छ ।’

    उनले संविधानले परिकल्पना गरेका विषयलाई कानूनद्वारा व्यवस्थित गर्न आवश्यक रहेको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार