Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हेटौँडा बसपार्कबाट ५ किलो गाँजासहित एक जना पक्राउ


    आइतबार, पुष २९ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । हेटौँडाबाट एक जना किशोर गाँजासहित पक्राउ परेका छन् । हेटौँडा उपमहानगरपालिका-१० बसपार्कबाट अवैध लागूऔषध गाँजा करिब ५ किलोसहित सर्लाही मलंगवा नगरपालिका-१० बस्ने १९ वर्षीय ईन्ताज आलमलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

    प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार