Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दुई जना हुन्डी कारोबारी १६ लाखसहित पक्राउ


    आइतबार, पुष २९ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । हुन्डी कारोबार गरेकाे आराेपमा दुई जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले हुन्डी कारोबारीकाे आशंकामा महाबौद्धबाट उनीहरूलाई पक्राउ गरेकाे हाे ।

    पक्राउ पर्नेमा काभ्रेको चौरीदेउरालीका ३९ वर्षीय भीमसेन गौतम र चितवनको राप्तीका ४२ वर्षीय राजु गौतम रहेका छन् ।

    भीमसेनको साथबाट ८ लाख रुपैयाँ र राजुको साथबाट ७ लाख ७५ हजार रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार