Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दाङमा बस दुर्घटना हुँदा १२ जनाकाे मृत्यु, २३ घाइते


    शनिबार, पुष २८ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । दाङ देउखुरीको राप्ती गाउँपालिका-१ भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा १२ जनाकाे मृत्युु भएकाे छ।
    बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस हिजाे राति साढे १० बजेतिर पुलबाट तल राप्ती नदीमा खस्दा उनीहरूकाे मृत्यु भएको हाे ।

    दुर्घटनामा १२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएकाे छ । २३ जना घाइते छन् । घाइतेहरुको राप्ती विज्ञान प्रतिष्ठानमा उपचार भइरएको छ ।

    दुर्घटना भएको बस नमस्ते यातायातको रहेको प्रहरीले जनाएको छ । सल्यान निवासी वर्ष २८ का बस चालक लालबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार