Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पर्साको हरपुरबाट १६८ किलो गाजाँसहित दुई जना पक्राउ


    मंगलबार, पुष २४ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । पर्साबाट १६८ किलो गाजाँसहित दुई जना पक्राउ परेका छन् । जगनाथपुर गाउँपालिका ४ स्थित हरपुरबाट आज सशस्त्र प्रहरीले करिब १६८ केजी गाँजासहित उनीहरूलाई पक्राउ गरेकाे हाे ।

    पक्राउ पर्नेहरुमा धादिङको बेनिघाट गाउँपालिका ४ बस्ने अन्दाजी २० वर्षीय समिर तामाङ र मकवानपुरको राङसिराङ गाउँपालिका ४ बस्ने अन्दाजी २२ वर्षीय राजु लामा छन् ।

    पर्साको बिरगञ्जबाट ठोरीतर्फ जाँदै गरेको बा ११ च ९६८६ नम्बरको बलेरो पिकअप गाडीमा फल्स वटम बनाई १६ वटा पोकामा लुकाई छिपाई लैजाँदै गरेको गाँजासहित उनीहरुलाई प्रस्तावित सीमा सुरक्षा गुल्म भिखमपुरले नियन्त्रणमा लिएको हो । उनीहरु उक्त गाडीको चालक तथा सहचालक रहेका छन् ।

    उनीहरुको साथबाट ७८ हजार ५ सय नेपाली रुपैयाँ र दुई थान मोबाइल सेट समेत बरामद भएको छ । नियन्त्रणमा लिएकाहरुलाई बरामद गाँजा, रुपैयाँ, मोबाइल सेट र गाडीसहित आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय पोखरीयामा बुझाइएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार