Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दरबारमार्गबाट कस्तुरीकाे विनासहित २ जना पक्राउ


    बिहिबार, कार्तिक ६ २०७७
    1.2K
    Shares
    sobij
  • १ मिनेट पाठ
  • काठमाडाैं । महानगरीय अपराध महाशाखा काठमाडाैंले कस्तुरीकाे विनासहित २ जनालाई पक्राउ गरेकाे छ ।

    पक्राउ पर्नेमा काभ्रेकाे पाँचखाल नगरपालिका-८ चिसापानीका ३९ वर्षीय पासाङ लामा र रामकुमार लामा रहेका छन् ।

    उनीहरूकाे साथबाट महाशाखाकाे टाेलीले २७ ग्राम ताैल भएकाे कस्तुरीकाे विना एक थान र बिभिन्न कम्पनीका ४ थान माेबाइलसमेत बरामद गरेकाे छ ।

    काठमाडाैंकाे दरबारमार्ग क्षेत्रमा कस्तुरीकाे विनाकाे अबैध काराेबार गर्न लागिएकाे बिषेश सूचनाकाे आधारमा उनीहरूलाई बिहीबार दिउँसाे महाशाखाकाे टाेलीले नियन्त्रणमा लिएकाे हाे । यसबारे थप अनुसन्धान भइरहेकाे महाशाखाले जनाएकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार