Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • रोमानिया पठाउँछु भनेर २१ लाख ठगी, एक जना पक्राउ


    बुधबार, पुष १८ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । ‘रोमानिया पठाइदिन्छु’ भनेर ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । आज उपत्यका अपराध अनुसन्धान कार्यालयले असनबाट उनलाई पक्राउ गरेकाे हाे ।

    पक्राउ पर्नेमा लखा मेलुङ गाउँपालिका–२ घर भएर काठमाडौं स्थित बाङगेमुढा बस्ने ढाल बहादुर बुढाथोकी रहेका छन् ।

    बुढाथोकीले २१ लाख ३६ हजार रुपैयाँ ठगी गरेको आरोप छ । उनको समूहले १४ जनालाई वैदेशिक रोजगारीका लागि रोमानिया पठाएर फुड प्याकिङमा मासिक १ लाख रुपैयाँ तलबमा काम लगाइदिन्छु भनेर प्रलोभनमा पारेकाे प्रहरीले जनाएको छ ।

    उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार