Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • मुद्दा मिलाइदिन्छु भन्दै लाखौं ठगी,एक जना पक्राउ


    सोमबार, पुष १६ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । न्यायाधीशहरू आफ्नो सहपाठी रहेको भन्दै मुद्दा मिलाइदिन्छु भनेर लाखौं रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । महोत्तरी लोहपट्टी नगरपालिका–७ घर भई हाल काठमाडौंको तीनकुने बस्ने ५४ वर्षीय रत्नेश्वरप्रसाद शर्मालाई प्रहरीले पक्राउ गरेकाे हाे ।

    उनले बैंकिङ कसुर मुद्दामा थुनामा रहेकाहरूलाई सजिलै मुद्दामा कानुनी उन्मुक्ति दिलाउने विश्वास दिलाई विभिन्न बैंक खातामा १० लाख १६ हजार रुपैयाँ लिएर ठगी गरेका थिए ।

    उनलाई गत पुस १३ गते काठमाडौंको थापागाउँबाट पक्राउ गरिएको हाे । उनलाई ठगीसम्बन्धी कसुरमा थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार