Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • क्रिकेटर सन्दीपविरुद्धको मुद्दामा प्रतिवादीको बहस सकियो, आजै फैसला आउन सक्ने


    शुक्रबार, पुष १३ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। नेपाली क्रिकेट टोलीका पुर्व कप्तान सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा प्रतिवादीका वकिलको बहस सकिएको छ । सन्दीपका पक्षमा वरिष्ठ अधिवक्ताहरू शम्भु थापा र रमन श्रेष्ठसहितले बहस गरे । उनीहरूसहित सन्दीप पक्षका ९ वकिलले बहस गरेका छन् ।

    काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालसमा अहिले जाहेरवाला र सरकारी वकिलले जवाफी बहस गरिरहेका छन् । गत आइतबारदेखि न्यायाधीश ढकालको इजलासमा जारी सुनुवाइमा आजै आदेश हुन सक्छ वा सक्दैन भनेर जानकारी गराइसकिएको छैन । तर, जवाफी बहस सकिएपछि फैसला आउन सक्ने अदालत स्रोतले जानकारी दिएको छ ।

    सन्दीपको विपक्षमा सरकारी वकिलबाट दुईजना र जाहेरवालाबाट आठ जनाले बहस गरेका थिए । जवाफी बहस भने जाहेरवाला र सरकारी वकिलबाट एक–एक जनाले गर्ने बताइएको छ ।

    पीडित भनिएकी गौशाला २६ (छ) को उजुरीमा अनुसन्धान गरी प्रहरीले प्रतिवेदन बुझाएपछि सन्दीपविरुद्ध ०७९ कात्तिक १४ मा जिल्ला अदालतमा जबरजस्ती करणी मुद्दा दायर भएको थियो । त्यसबेला पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेशमा थुनामा पठाइएका लामिछाने उच्च अदालतको आदेशबाट २० लाख धरौटीमा थुनामुक्त भएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार