काठमाडौं। गत आइतबारबाट अन्तिम बहस सुरु भएको राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्ध दायर भएको जबरजस्तीकरणी मुद्दा काठमाडौं जिल्ला अदालतमा आज (बुधबार) देखि पुन: निरन्तर सुरु हुँदैछ। सोमबार र मंगलबार बिदा भएका कारण आज बिहान १०:३० देखि बहस निरन्तर सुरु हुन लागेको हो।
क्रिकेटर लामिछानेविरुद्धको मुद्दा न्यायाधीश शिशिरराज ढकालले हेर्दाहेर्दैमा राखेका थिए। सन्दीपको मुद्दा पहिलो पटक अन्तिम बहस हेर्दाहेर्दैमा गएसँगै अब मुद्दाले बहस सकिएसँगै किनारा पाउने छ।
अन्तिम बहस आज ढकालको इजलासमा सुरु हुनेछ। काठमाडौं जिल्ला अदालतमा अन्तिम बहसका लागि पेशी चढेको मुद्दामा आइतबार सरकारी वकिलका तर्फबाट सुविर परियार र सिताराम अर्यालले बहस गरेका थिए। त्यस्तै, पीडितको पक्षबाट अर्का अधिवक्ता आत्म आचार्यले बहस गरेकी थिइन्।
मुद्दामाथिको बहस नसकिएपछि न्यायाधीश ढकालले सन्दीप विरुद्धको मुद्दा हेर्दाहेर्दैमा राख्दै बुधबार सुनुवाइ निरन्तर हुने आदेश दिएका थिए। मुद्दामा सन्दीप पक्षका वकिलहरूको बहस सुरु भएको छैन।
यसअघि ११ वैशाखमा पहिलो पटक सर्वोच्चको आदेशपछि फाइनल सुनुवाइ सुरु भएको थियो। न्यायाधीश दीपक ढकालको इजालासमा सरकारी पक्षका वकिलहरूले ४ घण्टा बढी बहस गरिसकेका थिए।
न्यायाधीशले इजलासमा बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखेर निरन्तरता दिने आम प्रचलन रहे पनि न्यायाधीश दीपक ढकालले मुद्दा हेर्दाहेर्दैमा नराखेर हेर्न नभ्याइने आदेश गरेपछि बहस अर्थहीन हुँदै मुद्दा फेरि लम्बिन पुगेको थियो।
यसअघि कात्तिक २३ गते यो मुद्दामा न्यायाधीश केशव घिमिरेले बहसको लिखित नोट मागेका थिए। शुक्रबारसम्म दुबै पक्षले बहस नोट बुझाएका थिए।
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend