Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • विदेश पठाउन ‘फर्जी कागजात’ बनाएको आरोपमा वायुसेवा निगमका अधिकृत पक्राउ


    मंगलबार, मंसिर २६ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । फर्जी कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहसँग ‘मिलेमतो’ गरेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत एकजना अधिकृत पक्राउ परेका छन् ।

    नेपाल वायुसेवा निगममा कार्यरत अधिकृत होमनाथ पोखरेललाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एकजना अधिकृतले बताए ।

    झापाको कमल गाउँपालिका–२ घर भएका पोखरेल हाल काठमाडौँ महानगरपालिका–१० मा बस्छन् । भिजिट भिसामा विदेश जानेहरुसँग फेला परेका शंकास्पद कागजात अनुसन्धान गर्दै जाँदा प्रहरी फर्जी कागजात बनाउने गिरोहको कारखानासम्म पुगेको हो ।

    एक हजार ३२ थान शंकास्पद पर्यटक प्रवेशाज्ञा माथि उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान गरिरहेको छ । सो कागजातबारे अनुसन्धान गर्दा गिरोहले फर्जी कागजात बनाएर पर्यटक भिसा लगाएर सर्वसाधारणलाई विदेश पठाउने गरेको भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले बताए ।

    त्यस्तै यसअघि प्रहरीले चारजना कन्सल्टेन्सी संचालकसहित १३ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार