Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • जन्म मिति किर्तेमा छानबिन सुरु भएपछि प्रधानसेनापतिको दौडमा रहेका पाण्डेले राजीनामा दिए


    शुक्रबार, कार्तिक २४ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। एसएलसी प्रमाणपत्र र नागरिकतामा छुट्टाछुट्टै जन्ममिति भेटिएपछि विवादमा तानिएका नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले पदबाट राजीनामा दिएका छन्

    उक्त उमेरको विषयमा छानबिन सुरू भएपछि उपरथी पाण्डेले राजीनामा दिएका स्रोतले जनायो ।

    पाण्डेले हिजो बिहीबार साँझ राजीनामा बुझाएको सैनिक उच्च स्रोतले बतायो।

    रथीमा बढुवा हुने प्रक्रियामा रहेका पाण्डेको उमेरलाई लिएर चौतर्फी प्रश्न उठेको थियो। नागरिकतामा उमेर सच्याएको उजुरी परेपछि सैनिक मुख्यालयभित्रै छानबिन समेत सुरू भएको थियो।

    पाण्डे आगामी प्रधानसेनापतिको रोलक्रममा समेत थिए। प्रधानसेनापति प्रभुराम शर्माको २०८१ भदौ २४ गते कार्यकाल सकिए लगत्तै पाण्डे प्रधानसेनापतिको रोलक्रममा थिए।

    परीक्षा नियन्त्रण कार्यालय र सैनिक मुख्यालय स्रोतबाट प्राप्त कागजातअनुसार पनि पाण्डेले जन्ममिति सच्याएको देखिन्छ। छुट्टाछुट्टै विवरणमा उनको जन्ममिति २०२१ र २०२३ साल उल्लेख छ।

    ‘सैनिक नियमावली अनुसार उपरथी दर्जाको अवकास हुने उमेरको हद ५७ वर्ष हो। २०२१ साल माघ १२ गतेको जन्ममिति अनुसार उहाँले २०७८ माघ १२ गते नै अवकाश पाइसक्नुपर्ने हो तर अहिले १ वर्ष ८ महिना बढी समय अवधी किर्ते गरेर जागिर खाइरहनुभएको छ,’ सैनिक मुख्यालयमा परेको उजुरीमा उल्लेख छ। एसएलसी प्रमाणपत्रमा पाण्डेको जन्ममिति २०२१ माघ १२ गते छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार