Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाललाई १० करोड बराबरको राहत सामग्री दिने चीनको घोषणा


    शनिबार, कार्तिक १८ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । चीनले जाजरकोट भूकम्प प्रभावितहरुका लागि १० करोड रुपैयाँ बराबरको राहत सामग्री सहयोग गर्ने भएको छ ।

    नेपालस्थित चिनियाँ दूतावासका अनुसार भूकम्पपछिको पहिलो चरणको सहयोगका रुपमा १०० मिलियन मूल्य बराबरको पाल र ब्ल्यांकेट लगायतका सामग्री उपलब्ध गराउने घोषणा गरेको हो ।

    साउथ एसियन कन्ट्रीज इमरर्जेन्सी सप्लाइज रिजर्भबाट सो सहयोग गर्न लागिएको नेपालका लागि चिनियाँ राजदूत चेन सोङले बताएका छन् । उनका अनुसार राहत सामग्रीमा टेन्ट, ब्ल्याङ्केटलगायत सामग्रीहरू रहेका छन् । ती सामग्री केही दिनमा नेपाल आइपुग्ने बताउँदै उनले थप राहत पनि घोषणा गरिने बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार