Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • सर्वोच्चको आदेशपछि रिगललाई बाँके कारागार पठाइयो, ११ वर्ष ११ महिना ५ दिन थुनामा बस्नुपर्ने


    शुक्रबार, कार्तिक १७ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। सर्वोच्च अदालतको आदेशपछि बिहीबार पक्राउ परेका योगराज ढकाल ‘रिगल’ लाई थप सजाय भुक्तान गराउन जिल्ला अदालत बाँके पठाइएको छ।

    सर्वोच्चले राष्ट्रपतिले गरेको कैद मिनाहा बदर गर्दै रिगललाई कैद गर्न परमादेश दिएपछि बिहीबारनै पक्राउ परेका उनलाई प्रहरीले शुक्रबार अदालतमा पेश गरेको थियो। सो आदेश अनुसार जिल्ला अदालत बाँकेले रिगललाई जिल्ला कारागार पठाएको हो।

    जिल्ला अदालतका सहसिलदार प्रेमराज खनियाले रिगललाई कारागार चलान गरिएको बताए।

    ‘रिगलले अब ११ वर्ष ११ महिना ५ दिन थुनामा बस्नुपर्ने हुन्छ। कैदी पूर्जीसहित रिगललाई जिल्ला कारागार पठाइएको हो,’ उनले भने।

    रिगल गत असोज ३ गते संविधान दिवसका दिन जेलबाट छुटेका थिए। सरकारको सिफारिसमा उनलाई राष्ट्रपतिले कैद मिनाहा गरिदिएका थिए। उनको कैद मिनाविरूद्ध सर्वोच्चमा रिट परेको थियो।

    रिगलले ०७२ असार २८ गते नेपालगञ्जको धम्बोझी चोक नजिकै चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेका थिए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार