काठमाडौं । उपत्यकामा एक सातायता डेंगी संक्रमण बढेको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका अनुसार एक सातायता डेंगीका बिरामी ह्वात्तै बढेका छन्।
अस्पतालका अनुसार बहिरंग विभागमा दैनिक १२/१५ जना डेंगीका बिरामी स्वास्थ्य परीक्षण गराउन आउँछन्। धेरैजसो संक्रमित कालीमाटी, कलंकी, टेकु र डल्लु क्षेत्रका रहेको अस्पतालको अनुसन्धान विभाग प्रमुख डा. शेरबहादुर पुनले जानकारी दिए।
टाउको दुख्ने, जिउ दुख्ने, ज्वरो आउने, शरीरमा बिबिरा आउने र बान्ता हुने लक्षण लिएर बिरामी उपचारमा पुग्ने गरेका छन्। त्रिवि शिक्षण अस्पतालमा उपचारमा पुग्नेमा बुढानीलकण्ठ र कपन क्षेत्रका बढी छन्।
त्यस्तै वीर अस्पतालमा पनि डंगी संक्रमित उपचार गराउन पुग्ने गरेका छन्। एक सातायता ३० जनामा डेंगी पुष्टि भएको र २० जनालाई भर्ना गरिएको अस्पतालका फिजिसियन डा. धु्रव गैरेले जानकारी दिए। उनको अनुसार डेंगी संक्रमित धेरैजसो चक्रपथभित्रका छन्।
बिरामीमध्ये केहीमा जटिल समस्या देखिएको डा. गैरेले बताए । काठमाडौं महानगरपालिकामा एक सय ८४ जनामा डेंगी पुष्टि भएको रिपोर्ट आएको महानगरपालिका स्वास्थ्य शाखाले जनाएको छ। डेंगी सार्ने लामखुट्टे नियन्त्रणका लागि तयारी भइरहेको काठमाडौं महानगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद पौडेलले बताए।
चिकित्सकका अनुसार काठमाडौं उपत्यकाका डेंगी संंक्रमितमा गत वर्षजस्तो गम्भीर समस्या धेरैमा छैन। गत वर्षको तुलनामा कम संक्रमित भएकाले पनि यस्तो भएको हुनसक्ने उनीहरूको अनुमान छ। मनसुन सकिएपछि फैलिएको डेंगी संक्रमण भएकाले गत वर्ष जस्तो यसले प्रकोप लिने सम्भावना कम रहेको डा। पुनको विश्लेषण छ। यो समाचार नागरिक दैनिकमा छ ।
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि स्वास्थ्य सेवा उपलब्ध गराउन संघ तथा प्रदेशका सबै अस्पताललाई आग्रह गरेको छ । उक्त मन्त्रालयले...
काठमाडौँ। आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोग गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम...
काठमाडौँ। सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको बढ्दो आकर्षणलाई थप मजबुत बनाउने उद्देश्यका साथ पूर्वाधार विकासको योजना अघि बढाएको छ। उत्कृष्ट नतिजा हासिल गर्दै आइका...
जनकपुर । आईसीयू अभाव हुँदा सर्पदंशका बिरामीको उपचारको क्रममा मृत्यु भएको घटनालाई लिएर प्रादेशिक अस्पताल जनकपुरका निर्देशक डा. जामुनप्रसाद सिंह मधेश प्रदेशअन्तर्गतको स्वास्थ्य तथा...
२०१३ साल जेठ २९ गते गजुरी गाउँपालिका–८ धादिङमा जन्मनुभएका राजेन्द्रप्रसाद पाण्डे नेपाली कम्युनिस्ट पार्टीका नेता हुनुहुन्छ । बुवा नेत्रराज पाण्डे र आमा मनमाया पाण्डेका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend