Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पर्सामा शिक्षक सरूवाकाे विराेधमा विद्यार्थीकाे प्रदर्शन, प्रहरीले लाठी चार्ज गर्दा ६ जना घाइते


    आइतबार, असोज २१ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • जनकपुरधाम । शिक्षक सरुवाको विरोधमा पर्साको विन्दवासिनी गाउँपालिका घेर्न पुगेका विद्यार्थीहरुमाथि नेपाल प्रहरी र सशस्त्र प्रहरीले हस्तक्षेप गरेको छ ।

    उक्त शिक्षक सरुवाको विरोधमा बहुअर्वा भट्ठास्थित श्री राधाकृष्ण चौरसिया माध्यमिक विद्यालयका विद्यार्थीहरु गाउँपालिका घेर्न पुगेका बेला प्रहरीले हस्तक्षेप गरेको हो । प्रहरीले लाठीचार्ज गर्दा ६ विद्यार्थी घाइते भएका छन् ।

    घाइते हुनेमा कृष्ण मुखिया, विशाल कुमार यादव, अरविन्द पटेल, नीरज यादव, खेम बहादुर गोढ र अनुराग कुमार यादव रहेका छन् । दुई जनाको टाउँको फुटेको र दुई जनाको हात र खुट्टामा चोट लागेको बताइएको छ ।

    गाउँपालिकाले स्वास्थ्य तथा विज्ञान विषयका शिक्षकको सरुवा गरेको छ । शिक्षकको सरुवाले पढ्न नपाएको भन्दै पुनः फिर्ता ल्याउनुपर्ने कक्षा ९, १०, ११ र १२ का विद्यार्थीको माग छ । त्यसकै लागि गाउँपालिका कार्यालय पुगेर भित्र प्रवेश गर्न खोज्दा प्रहरीले लाठीचार्ज गरेका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार