ललितपुर । पाटनढोकास्थित पाटन हाइस्कूलले १०० औं वार्षिकोत्सव भव्यरुपमा मनाएको छ । स्कूलले शुक्रबार पाटनको अशोक हलमा आयोजित एक समारोहकाबीच १०० औं वार्षिकोत्सव मनाएको हो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा ललितपुर महानगरपालिका वडा नं. ११ का वडाध्यक्ष अरोजकुमार खड्गीको सभापतित्वमा भएको थियो । कार्यक्रमको प्रमुख अतिथिमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन रहेका थिए ।
यसैगरी कार्यक्रमको विशिष्ट अतिथिको रुपमा नेपालका लागि जापानी राजदूत किकुता युकाता, जाइकाका प्रतिनिधि, कोरियन प्रतिनिधिहरु रहेका थिए । कार्यक्रममा स्कूलका पूर्वप्रधानाध्यापकहरु, पूर्वव्यवस्थापन समितिका पदाधिकारीहरु, पूर्वविद्यार्थीहरु, अभिभावकहरु तथा स्थानीय समाजसेवी समेतको सहभागिता रहेको थियो ।
वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि चिरीबाबु महर्जनले १००औं बर्ष पुगेको अवसरमा शुभकामना व्यक्त गरे । ‘आफ्नो राम्रो सौभाग्य भएकाले नै १ सय बर्ष पूरा गरेको विद्यालयको सतवार्षिकोत्सवको समुदघाटन गर्न पाउँदा मलाई गर्व लागेको छ’ उनले भने, ‘यो चानचुने कुरा नै होइन म यो विद्यालयका सरोकारवाला सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’
यो स्कूललाई सैद्धान्तिक र व्यवहारिक सहयोग गर्न पाएको भन्दै उनले खुसी व्यक्त गरे । भूकम्पपछि क्षतविक्षत बनेको विद्यालय भवनलाई चिटिक्क परेको नयाँ भवन बनाउन सहयोग गर्ने जापान सरकारलाई पनि धन्यवाद ज्ञापन गरे । स्कूलले आगामी दिनमा शैक्षिक क्षेत्रमा पनि फड्को मार्ने उनले अपेक्षा गरे ।
जापानी राजदूत किकुता युकाताले बधाई ज्ञापन गर्दै यो कार्यक्रममा उपस्थित भई सम्मानित हुन पाउँदा खुसी लागेको बताए । जापान सरकारले नेपाललाई गरेको सहयोगको खुलेर प्रशंसा गरेको सुन्दा धन्य भएको पनि उनले बताए ।
जापान सरकारले नेपालका २४० वटा विद्यालय पुनर्निर्माणमा सहयोग गरेको भन्दै त्यसमा एक पाटन हाईस्कूल पनि भएको उनले बताए । सोही स्कूलमा पुनः आएर शतवार्षिक समारोहमा सहभागी हुन पाउँदा गर्व लागेको उनले बताए । यो स्कूलमा राम्रोसँग पढेर नेपालको प्रेरक शक्ति बन्न पनि विद्यार्थीहरुलाई उनले आग्रह गरे ।
कार्यक्रममा सहभागीहरुलाई विद्यालयका प्रधानाध्यापक हरिशचन्द्र गौलीले स्वागत गरेका थिए ।
कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गीत, कविता आदि पनि प्रस्तुत गरेका थिए । कार्यक्रमलाई विद्यालयका शिक्षकहरु ताराप्रकाश केसी, कुमार चौलागार्इं, अनिता पौडेल र सिर्जना बञ्जाडेले सञ्चालन गरेका थिए ।
यो विद्यालय वि.सं. १९८१ भदौ २९ गते तत्कालीन राणा प्रधानमन्त्री श्री ३ चन्द्र शमशेरको पहलमा स्थापना भएको हो । विभिन्न आरोह–अवरोहहरु पार गर्दै विद्यालय हाल व्यवस्थित भवनमा सञ्चालित छ । कक्षा १ देखि १२ सम्म अध्ययन अध्यापन हुने यो विद्यालयमा हाल ११५६ जना विद्यार्थी अध्ययनरत छन् । कक्षा ११ र १२ मा व्यवस्थापन, शिक्षा, मानविकी र कानून संकायमा अध्यापन भइरहेको छ ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend