Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • रामेछापमा बस दुर्घटना हुँदा ७ जना घाइते


    बुधबार, भाद्र २७ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। बुधबार बिहान रामेछापमा बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन्। आज बिहान रजनटारबाट काठमाडौं जाँदै गरेको बा ३ ख ५९६० नम्बरको बस सुनापति गाउँपालिका-३ मा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक रञ्जनकुमार गिरीले जानकारी दिए।

    उनका अनुसार दुर्घटनामा घाइतेमध्ये ३ जनालाई एम्बुलेन्स र ४ जनालाई सुमोमा काठमाडौंतर्फ उपचारका लागि पठाइएको छ। प्रहरीले चालकलाई नियन्त्रणमा लिएर घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको छ।

    बस आफैं अनियन्त्रित भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार