Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • आठ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ


    मंगलबार, भाद्र २६ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आठ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । मोरङको सुन्दरहरैचा नगरपालिका-३ आइतबारे बस्ने ४८ वर्षीय साईला भन्ने जित बहादुर तामाङलाई आज प्रहरीले पक्राउ गरेको हो ।

    ती बालिकालाई भदौ १७ गते बिहान तामाङले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी गछियामा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार