काठमाडौं । सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियान परीक्षण परियोजनाका रूपमा सुरु गर्ने भएको छ । भदौ २७ गतेदेखि देशका सातै प्रदेशका ठुला सरकारी अस्पतालबाट पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप प्रदान गरिने छ । चीनबाट दुई महिनाअघि २० हजार भाइल खोप ल्याइएको थियो ।
सात वटा अस्पतालमा १४ वर्षका किशोरीलाई ती खोप उपलब्ध गराइने छ । परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेककुमार लालले एचपिभी खोप २०६५ भदौ २० देखि २०६६ भदौ २० गतेसम्म जन्मेका किशोरीका लागि दिइने जानकारी दिए । उनले सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप रकम भएर पनि किन्न सक्ने अवस्थामा नरहेको भन्दै नेपाललाई खोप सहयोग गर्दै आएको गाभीलाई थप खोपका लागि आग्रह गरिएको बताए ।
उनले सन् २०२४ सम्ममा लक्षित वर्गसम्म पु-याइने जानकारी दिँदै त्यसका लागि सरकार व्रिmयाशील रहेको बताए । खोप शाखा प्रमुख डा. अभियान गौतमले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप चिनियाँ कम्पनी इनोभ्याक्सले उत्पादन गरेको जानकारी दिँदै सिकोलिन ब्रान्ड नेममा उत्पादित एचपिभी खोप विश्व स्वास्थ्य सङ्गठनले समेत मान्यता प्रदान गरेको खोप भएकाले ढुक्क भएर लगाउन आग्रह गरे ।
उनले उक्त खोप कोशी प्रदेशको कोशी अस्पताल विराटनगरमा, मधेश प्रदेशको नारायणी अस्पताल वीरगन्जमा, बागमती प्रदेशको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल काठमाडौँमा, गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा, लुम्बिनी प्रदेशको भेरी अस्पताल नेपालगन्ज बाँकेमा, कर्णाली प्रदेशको प्रादेशिक अस्पताल सुर्खेतमा र सुदूरपश्चिम प्रदेशको डडेलधुरा अस्पतालमा तोकिएको जानकारी दिए । सबैभन्दा पहिले भदौ २७ गते स्वास्थ्यमन्त्री मोहन बस्नेतले थापाथलीस्थित प्रसूति गृह अस्पतालबाट खोपको शुभारम्भ गर्नुहुने छ ।
खोप कोशी अस्पतालमा भदौ २७ गते, नारायणीमा भदौ २९ गते, प्रसूति गृहमा भदौ २७ गते, गण्डकीमा २७ गते, भेरी २७ गते, डडेलधुरा अस्पतालमा भदौ २७ गते र सुर्खेत अस्पतालमा भदौ २७ गतेदेखि लगाइने छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि स्वास्थ्य सेवा उपलब्ध गराउन संघ तथा प्रदेशका सबै अस्पताललाई आग्रह गरेको छ । उक्त मन्त्रालयले...
काठमाडौँ। आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोग गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम...
काठमाडौँ। सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको बढ्दो आकर्षणलाई थप मजबुत बनाउने उद्देश्यका साथ पूर्वाधार विकासको योजना अघि बढाएको छ। उत्कृष्ट नतिजा हासिल गर्दै आइका...
जनकपुर । आईसीयू अभाव हुँदा सर्पदंशका बिरामीको उपचारको क्रममा मृत्यु भएको घटनालाई लिएर प्रादेशिक अस्पताल जनकपुरका निर्देशक डा. जामुनप्रसाद सिंह मधेश प्रदेशअन्तर्गतको स्वास्थ्य तथा...
२०१३ साल जेठ २९ गते गजुरी गाउँपालिका–८ धादिङमा जन्मनुभएका राजेन्द्रप्रसाद पाण्डे नेपाली कम्युनिस्ट पार्टीका नेता हुनुहुन्छ । बुवा नेत्रराज पाण्डे र आमा मनमाया पाण्डेका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend