Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आज


    बिहिबार, भाद्र २१ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा बिहीबार फैसला पेसी तोकिएको छ । बहस पटक पटक स्थगित गर्दै आएको जिल्ला अदालत काठमाडौंले आजका लागि फैसला पेसी तोकेको हो।

    लामिछानेविरुद्धको बलात्कार मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ । उक्त मुद्दाको अन्तिम बहस पटक पटक स्थगित हुँदै आएको छ ।

    भदौ १० गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको १५ नम्बर इजलासमा बलात्कार मुद्दाको पेसी रहेको थियो । तर, मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो । त्यसपछि अदालतले आजका लागि अर्को पेसी तोकेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार