काठमाडौं । वर्षाको समय छ । वर्षाका कारण वायु प्रदूषण घटेकाले खासै चर्चा छैन तापनि सार्वजनिक भएको एक अन्तर्राष्ट्रिय प्रतिवेदनले नेपालमा वायु प्रदूषणले जनस्वास्थ्यमा गम्भीर प्रभाव पारेको र नेपालीको सरदर आयु घटेको देखाएको छ ।
मंगलबार सार्वजनिक र सन् २०२१ को तथ्यांकका आधारमा तयार एयर क्वालिटी लाइफ इन्डेक्स २०२३ नामक अर्न्तराष्ट्रिय प्रतिवेदनका अनुसार वायु प्रदूषणका कारण नेपालीको सरदर आयु ४.६ वर्षले घटेको छ । तराईका ९ जिल्लाका स्थानीयको सरदर आयुमा त झन् ६.८ वर्षले कटौती भएको छ । भूउपग्रह (सेटेलाइट) मा आधारित रहेर संकलन गरिएको पिएम २.५ को तथ्यांकले नेपाल विश्वकै सर्वाधिक प्रदूषित राष्ट्रको सूचीमा तेस्रो नम्बरमा रहेको देखाएको छ ।
वायु प्रदूषण मापन प्रतिघनमिटरमा २.५ माइक्रोमिटर तथा त्योभन्दा सानो व्यास भएका सूक्ष्म कणहरूलाई पिएम २.५ को रूपमा गरिन्छ । हरेक वर्ष अद्यावधिक गरिने यो अन्तर्राष्ट्रिय प्रतिवेदनका अनुसार विश्व स्वास्थ्य संगठनले तोकेको पिएम २.५ मापदण्डका आधारमा नेपालीको सरदर आयु (लाइफ एक्सपेक्टेन्सी) घटाउने घातक प्रभावका हिसाबले सवैभन्दा ठूलो कारक वायु प्रदूषण बनेको छ ।
वायु प्रदूषणले सरदरमा ४.६ वर्ष आयु कटौती गरेको छ भने त्यसपछि दोस्रोमा धूमपानले २.८ वर्ष र उच्च रक्त चापले १.७ वर्ष आयु घटाएको तथ्य प्रतिवेदनमा उल्लेख गरिएको छ । यो समाचार नागरिक दैनिकमा छ ।
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोसी बाढीप्रभावितहरूको पुनर्स्थापना र पूर्वाधार पुनर्निर्माणबारे चासो व्यक्त गरेका छन्। बुधबार उनले परराष्ट्रमन्त्री शिशिर खनाल र पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसँग...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी मुद्दा पुनरावलोकनका लागि सर्वोच्च अदालतले दिएको अनुमतिबाटै आधाभन्दा बढी विजय भइसकेको दाबी गरेका छन् । कांग्रेस...
काठमाडौँ । सर्वोच्च अदालतले सार्वजनिक पदाधिकारीहरूले शिष्टाचार भेटघाट तथा विदेश भ्रमणका क्रममा प्राप्त गरेका उपहार राज्यकोषमा दाखिला गर्न सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको...
काठमाडौँ । प्रतिनिधि सभामा ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत भएको छ । सभाको आजको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता...
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले पार्टी पंक्तिलाई नागरिकको आक्रोशलाई लक्षित गरेर सामाजिक सञ्जाल वा चोकचौतारोमा तुच्छ टीकाटिप्पणी नगर्न संसदबाट निर्देशन दिएका छन् । उनले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend