Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • धनगढीबाट काठमाडौं जाँदै गरेको बस नवलपरासीमा दुर्घटना हुँदा २९ जना घाइते


    मंगलबार, भाद्र ५ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • रुपन्देही । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्व नवलपुरको विनयी त्रिवेणीस्थित घ्युखोलामा यात्रुबस दुर्घटनामा परेको छ।

    धनगढीबाट काठमाडौँ जाँदै गरेको उक्त रात्रिबस नवलपुरको घ्युखोलामा दुर्घटना हुँदा २९ यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय, नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार धनगढीबाट काठमाडौंका आइरहेको सुपप्र ०१–००१ ख २९८६ नम्बरको बस ‘ब्रेक फेल’ भएर सडक छेउमा पल्टिएको हो।

    विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित घ्युखोलामा बिहानको समयमा रात्रिबस दुर्घटना हुँदा २९ यात्रु घाइते भएको पौडेलले बताए।

    बसमा ३५ जना यात्रु सवार रहेका थिए ।दुर्घटनामा घाइते भएकाहरूको मध्यविन्दु जिल्ला अस्पताल र दुम्किबास स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।

    घाइते सबैको अवस्था खतरामुक्त रहेको प्रहरीको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार