Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उपराष्ट्रपति यादव चीनको चाङसुई विमानस्थलमा अवतरण, सम्मेलनका उपाध्यक्ष चेन युहाउले गरे स्वागत


    मंगलबार, साउन ३० २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। उपराष्ट्रपति रामसहायप्रसाद यादव जनवादी गणतन्त्र चीनको साताव्यापी भ्रमणका लागि गएराति चीनको कुनमिङ पुगेका छन् । चीनको कुनमिङमा आयोजना हुने ‘सातौँ चीन दक्षिण एशिया प्रदर्शनी’ र ‘२७औँ चीन कुनमिङ आयात निर्यात मेला’मा सहभागी हुन उपराष्ट्रपति यादव चीन पुगेका हुन् ।

    उनलाई कुनमिङको चाङसुई अन्तर्राष्ट्रिय विमानस्थलमा युनान प्रान्तीय चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनका उपाध्यक्ष चेन युहाउ, चीनका लागि नेपालका राजदूत विष्णु पुकार श्रेष्ठ र युनान प्रान्तको विदेश मामिला कार्यालयका वरिष्ठ अधिकारीहरूले स्वागत गरेका थिए ।

    यही साउन ३१ गतेदेखि भदौ ३ गतेसम्म सञ्चालन हुने उक्त मेलामा यादव सहभागी हुनेछ । चीन भ्रमणमा उपराष्ट्रपति यादवसँगै उनकी धर्मपत्नी चम्पादेवी यादव, उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी, स्वकीय उपसचिव शत्रुधन यादव, निजी चिकित्सक विक्रम सिलवाल र सेनानी रत्नबहादुर श्रेष्ठ, सहसेनानी भीमसेन देवकोटा छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार