Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • कञ्चपुरमा युवक हत्या आरोपमा भतिज र भाञ्जा पक्राउ


    शनिबार, साउन २० २०८०
    2.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । कञ्चनपुरमा एक युवकको हत्या आरोपमा उनकै भतिज र भाञ्जा पक्राउ परेका छन् । प्रहरीले हत्या आरोपमा कुवेरकै भतिज २२ वर्षीय अजय दमाई र भाञ्जा २८ वर्षीय हरिश दमाईलाई पक्राउ गरेको हो ।

    बिहीबार कृष्णपुर नगरपालिका –२ को बाणीस्थित बन्द नदीको बगरमा ३५ वर्षीय कुवेर दमाई मृत अवस्थामा भेटिएका थिए । साउन १५ गतेदेखि हराइरहेका कुवेरको घरायसी विवादका कारण हत्या भएको प्रहरीले जनाएको छ ।

    कुवेरले घरमा आमाबुबालाई हैरानी दिने, घरका सामान समेत बेचेर मदिरा खाने गरेकाले १५ साउनको राति नदी किनारमा सम्झाउने क्रममा वादविवाद भएको पक्राउ परेकाहरुले खुलाएका छन् ।

    तीनै जनाले मदिरा खाएको र सम्झाउने क्रममा वादविवाद भएपछि हात, लात्ती र बगरको ढुंगाले हिर्काउँदा घटनास्थलमा नै मृत्यु भएको पक्राउ परेका अजय र हरिशले बयान दिएको प्रहरीले जनाएको छ । दुबै जनामाथि ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार