काठमाडौं । नेपालको तीन दिने भ्रमणका क्रममा काठमाडौँमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य युआन च्याच्युनलाई ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले मंगलबार बिहान ९ बजे ज्ञापनपत्र बुझाएको छ । बत्तीसपुतलीस्थित द्वारिका होटलमा चिनियाँ दूतावासका राजनीतिक र प्रेस विभागका निर्देशक एग् एभलनअजभलन मार्फत् दुई बुँदे ज्ञापनपत्र बुझाएको मोर्चाले जनाएको छ ।
ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले ज्ञापनपत्रमार्फत् ‘नेपाल र चीनबीच सन् १७९२ अक्टोबर ५ मा भएको ७ सूत्रीय बेत्रावती सन्धिको धारा ५ मा उल्लेख भएको कुनै पनि विदेशी शक्तिले आक्रमण गरेमा चीनले नेपाललाई सहयोग गर्न कुनै कसर बाँकी राख्नेछैन ।’ भन्ने प्रावधानप्रति चिनियाँ कम्युनिस्ट पार्टीको ध्यानाकर्षण गराएको छ । मोर्चाले ज्ञापनपत्रमा सन् १७९२ मा भएको उक्त सन्धिको धारा ५ को प्रावधानअनुसार हामीमाथि आइपर्न सक्ने सुरक्षा सङ्कटको निवारणका निम्ति चीन सरकारको ध्यान जानेछ भन्ने ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको अपेक्षा रहेको जनाएको छ ।
नेपाल सधैँ एक चीन नीतिको समर्थन र चीनको भौगोलिक अखण्डताको पक्षमा वकालत गर्दै आइरहेको छ र गरिरहनेछ भन्दै मोर्चाले नेपालको सार्वभौमसत्तासम्पन्न क्षेत्र कालापानीमा इन्डियाले सन् १९६२ देखि सेना राखेर कब्जा जमाउँदै आएकोमा २०१५ मे १५ मा चीन र इन्डियाबीच लिपुलेकबाट व्यापार गर्ने भनी उक्त दुई देशका प्रधानमन्त्रीबीच संयुक्त वक्तव्यमा हस्ताक्षर भएबाट नेपालको भौगोलिक अखण्डता र सार्वभौमसत्ताविरुद्ध खुला प्रहार भएको जनाएको छ ।
यसलाई अत्यन्तै गम्भीरतापूर्वक लिई उक्त संयुक्त वक्तव्यबाट अलग भई चीनले नेपाली जनताका मनमा उत्पन्न चीनप्रतिको अविश्वासको भावना हटाउने सदाशयता देखाई नेपालको भौगोलिक अखण्डताको सम्मान गर्न ग्रेटर नेपाल नेपाल राष्ट्रवादी मोर्चाले चिनियाँ कम्युनिस्ट पार्टीलाई विशेष आग्रह गरेको छ ।
मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डताका सम्बन्धमा कसैसँग सम्झौता हुन नहुने बताएका छन् । उनले भनेका छन्– , ‘अन्यायमा परेपछि न्याय नपाउन्जेल आवाज उठाउन छाड्नुहुन्न ।’
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend