काठमाडौं। नेकपा एकता राष्ट्रिय अभियान पार्टीका संयोजक वामदेव गौतमले नेकपा एमाले र नेकपा एकीकृत समाजवादी पार्टीमा जाने बाटो तत्काललाई बन्द भएको उल्लेख गरेका छन्।
गौतमले आफ्नो पार्टी एमाले वा एकीकृत समाजवादीमा समाहित हुन खोजे पनि दुवैले वास्ता नगरेको बताएका हुन्।
‘म नेकपा एमाले र एकीकृत समाजवादी दुई वटै पार्टीसँग एकीकृत हुन निरन्तर वार्तामा थिएँ । समाजवादीले हामीले निर्णय नगरुञ्जेल आइजो वामदेव आइजो भन्नुभयो। निर्णय गरेर जाँदा कुनै पनि जवाफ दिनुभएन।’ वामदेवले भने, ‘त्यसपछि एमालेसँग प्रयत्न गर्ने निर्णय भयो। उहाँहरूलाई सुनाइयो। उहाँहरूले वामदेव किन आउनुपर्यो? तपाईं आउनुहोस् भनेर हाम्रा साथीहरूलाई बोलाउनुभयो । अन्तिममा केपी ओलीले बोलाउनुभयो र म गएँ । मलाई दिने कामको विषयमा, मेरो जिम्मेवारीका विषयमा उहाँले पनि केही पनि बोल्नुभएन ।’
ओलीले आफूलाई नेकपा फुटाएको र प्रचण्डलाई साथ दिएको आरोप मात्रै लगाएको गौतमले सुनाए।
‘पार्टी फुटाउनुभयो। मलाई साथ दिएको भए पार्टी फुट्ने थिएन। प्रचण्डलाई साथ दिनुभयो, एमाले समाप्त पार्न लाग्नुभयो भनेपछि मैले त्यहाँ रहन सक्ने स्थिति देखिनँ।’ गौतमले भने, ‘त्यसपछि म ४३ वर्षको मित्रता छँदैछ, बोलाउनुभयो भने भेटघाट गर्दै गरौंला भनेर नमस्कार गरेर फर्किएँ।’
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा आज बाढी प्रभावित क्षेत्र नुवाकोट जाने भएका छन् । बाढीपीडितका लागि राहत सामग्रीसहित स्थलगत निरीक्षणका लागि काठमाडौँबाट स्थलगत...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोसी बाढीप्रभावितहरूको पुनर्स्थापना र पूर्वाधार पुनर्निर्माणबारे चासो व्यक्त गरेका छन्। बुधबार उनले परराष्ट्रमन्त्री शिशिर खनाल र पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसँग...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी मुद्दा पुनरावलोकनका लागि सर्वोच्च अदालतले दिएको अनुमतिबाटै आधाभन्दा बढी विजय भइसकेको दाबी गरेका छन् । कांग्रेस...
काठमाडौँ । प्रतिनिधि सभामा ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत भएको छ । सभाको आजको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता...
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले पार्टी पंक्तिलाई नागरिकको आक्रोशलाई लक्षित गरेर सामाजिक सञ्जाल वा चोकचौतारोमा तुच्छ टीकाटिप्पणी नगर्न संसदबाट निर्देशन दिएका छन् । उनले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend