काठमाडौं। नेकपा एकता राष्ट्रिय अभियान पार्टीका संयोजक वामदेव गौतमले नेकपा एमाले र नेकपा एकीकृत समाजवादी पार्टीमा जाने बाटो तत्काललाई बन्द भएको उल्लेख गरेका छन्।
गौतमले आफ्नो पार्टी एमाले वा एकीकृत समाजवादीमा समाहित हुन खोजे पनि दुवैले वास्ता नगरेको बताएका हुन्।
‘म नेकपा एमाले र एकीकृत समाजवादी दुई वटै पार्टीसँग एकीकृत हुन निरन्तर वार्तामा थिएँ । समाजवादीले हामीले निर्णय नगरुञ्जेल आइजो वामदेव आइजो भन्नुभयो। निर्णय गरेर जाँदा कुनै पनि जवाफ दिनुभएन।’ वामदेवले भने, ‘त्यसपछि एमालेसँग प्रयत्न गर्ने निर्णय भयो। उहाँहरूलाई सुनाइयो। उहाँहरूले वामदेव किन आउनुपर्यो? तपाईं आउनुहोस् भनेर हाम्रा साथीहरूलाई बोलाउनुभयो । अन्तिममा केपी ओलीले बोलाउनुभयो र म गएँ । मलाई दिने कामको विषयमा, मेरो जिम्मेवारीका विषयमा उहाँले पनि केही पनि बोल्नुभएन ।’
ओलीले आफूलाई नेकपा फुटाएको र प्रचण्डलाई साथ दिएको आरोप मात्रै लगाएको गौतमले सुनाए।
‘पार्टी फुटाउनुभयो। मलाई साथ दिएको भए पार्टी फुट्ने थिएन। प्रचण्डलाई साथ दिनुभयो, एमाले समाप्त पार्न लाग्नुभयो भनेपछि मैले त्यहाँ रहन सक्ने स्थिति देखिनँ।’ गौतमले भने, ‘त्यसपछि म ४३ वर्षको मित्रता छँदैछ, बोलाउनुभयो भने भेटघाट गर्दै गरौंला भनेर नमस्कार गरेर फर्किएँ।’
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend