काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को चार वर्षे स्नातक कार्यक्रम विद्यार्थीमा बोझ थपेको भन्दै शिक्षा शास्त्र संकायका डिन चित्रबहादुर बुढाथोकीले तीन वर्षे कार्यक्रम कायम गर्न लिखित प्रस्ताव प्राज्ञिक परिषद् मा लगेका छन् । यो प्रस्तावले विद्यार्थी, अभिभावक तथा प्राध्यापक सबैलाई तरंगित पारेको छ ।
असार १४ गते त्रिवि प्राज्ञिक परिषद्को बैठकमा डिन बुढाथोकीले शिक्षा शास्त्र संकायको प्राविधिक विषयवाहेक अन्यमा चार वर्षे स्नातक कार्यक्रम तीन वर्षमा झार्न लिखित प्रस्ताव पेस गरेका हुन् । परिषद् सदस्यसमेत रहेका उनले त्रिविले विश्वबैंकको इसारामा कार्यान्वयनमा ल्याइएको चार वर्षे स्नातक कार्यक्रमहरू शिक्षा शास्त्र संकायमा साढे पाँच वर्षमा पनि पूरा हुन नसकेको बताउँदै यसले विद्यार्थीका लागि बोझ थपिदिएको अवगत गराए ।
उनले चार वर्षे स्नातक निकै लामो र खर्चिलो भएको भन्दै तीन वर्षमा झार्न प्रस्ताव गरेका हुन् । शिक्षा शास्त्र संकायको आइटी, ज्ञानबाहेकका सबै कार्यक्रममा चार वर्षे स्नातकमा भर्ना हुनेको संख्या घट्दै गएकाले विद्यार्थीको रुचि लामो समयावधिको कोर्समा कम हुँदै गएको उल्लेख गर्दै उनले तीन वर्षमा झार्न लिखित रूपमा प्रस्ताव पेस गरेको जनाए । उनको प्रस्तावमाथि अन्य संकायका डिनहरूले परिषद् बैठकमा बृहत् छलफल गरेका थिए ।
उनले विद्यालयको शिक्षक हुन स्नातक तह उत्तीर्ण गरे पुग्ने नीति सरकारले बनाएको तर्क गर्दै शिक्षा शास्त्र संकायमा चार वर्षे स्नातकलाई तीन वर्षमा झार्न परिषद्मा प्रस्ताव गरेपछि छलफल अघि भएको बताए। उनको यो प्रस्तावमा उपस्थित अन्य डिनहरूले समेत समर्थन जनाएको डिन बुढाथोकीले सुनाए।
उनका अनुसार अमेरिकाबाहेक अधिकांश देशमा स्नातक तीन वर्षे नै छ । त्रिविले पनि ती देशका कार्यक्रमलाई समकक्षता दिएको छ । यस्तो अवस्थामा नेपालमा पनि तीन वर्षे स्नातक कायम गर्दा अन्तर्राष्ट्रिय स्तरकै कोर्स हुने उनको ठहर छ । यो समाचार नागरिक दैनिकमा छ।
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि स्वास्थ्य सेवा उपलब्ध गराउन संघ तथा प्रदेशका सबै अस्पताललाई आग्रह गरेको छ । उक्त मन्त्रालयले...
काठमाडौँ। आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोग गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम...
काठमाडौँ। सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको बढ्दो आकर्षणलाई थप मजबुत बनाउने उद्देश्यका साथ पूर्वाधार विकासको योजना अघि बढाएको छ। उत्कृष्ट नतिजा हासिल गर्दै आइका...
जनकपुर । आईसीयू अभाव हुँदा सर्पदंशका बिरामीको उपचारको क्रममा मृत्यु भएको घटनालाई लिएर प्रादेशिक अस्पताल जनकपुरका निर्देशक डा. जामुनप्रसाद सिंह मधेश प्रदेशअन्तर्गतको स्वास्थ्य तथा...
२०१३ साल जेठ २९ गते गजुरी गाउँपालिका–८ धादिङमा जन्मनुभएका राजेन्द्रप्रसाद पाण्डे नेपाली कम्युनिस्ट पार्टीका नेता हुनुहुन्छ । बुवा नेत्रराज पाण्डे र आमा मनमाया पाण्डेका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend