Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मिटरब्याजीले हडपेको ४१ बिघा जग्गा आयोगले गरायो फिर्ता


    आइतबार, असार ३१ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगले मिटरब्याजीले हडपेको करिब ४१ विघा ८ कठ्ठा ११ धुर जग्गा ऋणीलाई फिर्ता गराएको छ । आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आइतबार एक विज्ञप्ति जारी गरी हालसम्म साहुबाट ऋणीलाई सो जग्गा फिर्ता गराइएको बताएका हुन् ।

    ‘विभिन्न जिल्लामा साहुहरुबाट अदालतको फैसलाबाट जितेका, साहु वा उनका मान्छेका नाममा ऋणी आसामीबाट राजीनामा पास गराएका, बन्धकीलगायत जग्गा पीडित ऋणीलाई फिर्ता गराइयो’, विज्ञप्तिमा उल्लेख छ ।

    आयोगले २०८० वैशाख १७ देखि जेठ १४ गतेसम्म पीडितबाट निवेदन संकलन गरेको थियो । मिटरब्याजबाट पीडित भएको भनी आयोगमा हाल करिब २४ हजार उजुरी परेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार