काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) का स्नातक तह दोस्रो वर्षका विद्यार्थीको पढाइ सकिएको छ महिना बितिसक्दा पनि परीक्षा तालिका सार्वजनिक भएको छैन । ती विद्यार्थीको २०७८ साल चैतदेखि पढाइ सुरु भएको थियो ।
शैक्षिक पात्रो (क्यालेन्डर) नियमित भइदिएको भए ती विद्यार्थीले अहिले तेस्रो वर्षको पनि करिब आधा पढाइसकेका हुन्थे । तर १५ महिना बित्दा पनि दोस्रो वर्षकै परीक्षा दिन नपाउँदा उनीहरू निकै तनावमा छन् ।
कलङ्कीस्थित एड्मार्क कलेजमा अध्ययनरत अविन महर्जनले भने, “पढेको जति सबै बिर्सिसक्यौँ । अब के पढ्ने, कसरी परीक्षा दिने भन्ने चिन्ताले सताएको छ ।” ती विद्यार्थीको ठाउँमा अहिले स्नातकमै दोस्रो वर्षकै नयाँ समूहका विद्यार्थी आइसकेका छन् । केही निजी क्याम्पसले पहिलो र दोस्रो दुवै समूहका विद्यार्थीलाई सँगसँगै राखेर पढाइरहेका छन् ।
त्रिविमा वार्षिक प्रणालीमा मात्रै होइन, सेमेस्टर प्रणालीमा सञ्चालन भइरहेका स्नातक तहकै तथा स्नातकोत्तर तहमा परीक्षा र पढाइ नियमित छैन । शैक्षिक पात्रो अनुसार पढाइ, परीक्षा र नतिजा सम्पन्न गर्न नसकेकै कारण मुलुकको उच्च शिक्षाको ८० प्रतिशत विद्यार्थी भार बोकिरहेको त्रिविले सार्वजनिक आलोचना खेप्दै आइरहेको छ ।
समयमै परीक्षा र नतिजा सार्वजनिक नहुँदा विद्यार्थीले थप अध्ययनको योजना बनाउन सकेका छैनन् । लोक सेवा आयोग वा अन्य सरकारी रोजगारीमा प्रतिस्पर्धा गर्नबाट वञ्चित छन् । विद्यार्थीले हरेक वर्ष खेप्नुपर्ने यो हैरानीबाट कसरी मुक्त गराउने भन्ने विषयमा त्रिविका जिम्मेवार पदाधिकारीसमेत चित्तबुझ्दो जवाफ दिन सक्दैनन् ।
एक त रोजगारी केन्द्रित पढाइको अभाव, त्यसैमाथि पढाइ, परीक्षा र नतिजाको समय भरपर्दो नभएपछि थप अध्ययनका नाममा बिदेसिने विद्यार्थीको सङ्ख्यामा बर्सेनि वृद्धि भइरहेको छ ।
पब्लिक युथ क्याम्पसका प्रमुख बलराम थापाले वार्षिक प्रणाली अनुसार पढाइ हुने तहका विद्यार्थीलाई शैक्षिक पात्रोको अनियमितताका कारण सबैभन्दा धेरै समस्या परेको बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि स्वास्थ्य सेवा उपलब्ध गराउन संघ तथा प्रदेशका सबै अस्पताललाई आग्रह गरेको छ । उक्त मन्त्रालयले...
काठमाडौँ। आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोग गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम...
काठमाडौँ। सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको बढ्दो आकर्षणलाई थप मजबुत बनाउने उद्देश्यका साथ पूर्वाधार विकासको योजना अघि बढाएको छ। उत्कृष्ट नतिजा हासिल गर्दै आइका...
जनकपुर । आईसीयू अभाव हुँदा सर्पदंशका बिरामीको उपचारको क्रममा मृत्यु भएको घटनालाई लिएर प्रादेशिक अस्पताल जनकपुरका निर्देशक डा. जामुनप्रसाद सिंह मधेश प्रदेशअन्तर्गतको स्वास्थ्य तथा...
२०१३ साल जेठ २९ गते गजुरी गाउँपालिका–८ धादिङमा जन्मनुभएका राजेन्द्रप्रसाद पाण्डे नेपाली कम्युनिस्ट पार्टीका नेता हुनुहुन्छ । बुवा नेत्रराज पाण्डे र आमा मनमाया पाण्डेका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend