काठमाडौं। महिला दर्शनार्थीमाथि यौनजन्य गतिविधिको आरोप लागेका पाल्पाको प्रसिद्ध भैरवनाथ मन्दिरका मूल पुजारी जीतनाथ योगी निलम्बनमा परेका छन् । पाल्पाको प्रसिद्ध भैरवस्थान मन्दिरका मुख्य पुजारी योगीलाई मन्दिर व्यवस्थापन समितिले बिहीबार निलम्बन गरेको हो।
सामाजिक सञ्जाल र सञ्चारमाध्यममा पुजारी योगीले महिला दर्शनार्थीलाई अभद्र व्यवहार गरेको सार्वजनिक भएपछि समितिको आकस्मिक बैठकले जिम्मेबारीबाट हटाउने निर्णय गरेको हो ।
समिति अध्यक्ष पोखरेल र सचिव दिलीप रायमाझीले जारी गरेको प्रेस विज्ञप्तिमा सत्यतथ्य छानबिन नहुँदासम्म मन्दिरमा बहन गर्दै आएको सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गरिएको बताइएको छ ।

काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend