Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • बागलुङमा चट्याङ लागेर छोराछोरीको मृत्यु, आमा घाइते


    आइतबार, असार १० २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बागलुङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका–५ पाखापानीका चित्रबहादुर विकको घरमा शनिवार राति ९ बजे चट्याङ पर्दा उनको छोराछोरीको मृत्यु भएको हो ।

    चित्रबहादुरको छ वर्षीय दिनेश विक र नौ वर्षीया छोरी सुनिता विकको मृत्यु भएको प्रहरीको जनाएको छ ।

    चट्याङ लागेर चित्रबहादुरकी श्रीमती यमकुमारी विक घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । प्रहरीका अनुसार घाइते यमकुमारीलाई उद्धार गरी अस्पताल पठाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार