Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ललितपुरको बाहुनधारामा बस दुर्घटना, १८ जना घाइते


    शनिबार, असार २ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । ललितपुरमा बस दुर्घटना भएको छ । आज बिहान लामाटारबाट लगनखेलतर्फ आउँदै गरेको बा२ख ८५८३ नम्बरको बस महालक्ष्मी नगरपालिका-१ बाहुनधारामा दुर्घटना भएको हो ।

    बसमा सवार १८ जना घाइते भएको प्रहरीले बताएको छ । घाइतेहरूलाई उद्धार गरी उपचारका लागि बी एण्ड बी अस्पतालमा पुर्‍याइएको छ ।

    प्रहरीका अनुसार बसमा २४ जना सवार थिए । तीव्र गतिमा रहेको बस अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार