काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष आर्थिक वर्ष (आव) २०८०र८१ को बजेट प्रस्तुत गर्दै स्वास्थ्यसँग सम्बद्ध सामाजिक सुरक्षाका कार्यक्रम र स्वास्थ्य बीमाबीच दोहोरोपन नहुने गरी चालू आवभित्रै कार्यविधि तर्जुमा गरिने बताएसँगै अन्योल बढेको छ । नेपालमा अहिले सामाजिक सुरक्षा कोष, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषलगायत संस्थाले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत आफ्ना सदस्यलाई स्वास्थ्य बीमाको कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।
बजेटमा सामाजिक सुरक्षाका कार्यक्रम र स्वास्थ्य बीमा कार्यक्रमबीच दोहोरोपन नहुने भनेसँगै अब यी संस्थाले सञ्चालन गर्दै आएको स्वास्थ्य बीमा कार्यक्रम के हुन्छ ? भन्नेमा अन्योल बढेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारी सरकारले दिने सामाजिक सुरक्षा र अन्य संस्थाले सञ्चालन गर्दै आएको सामाजिक सुरक्षाका कार्यक्रम फरकफरक भएको बताउँछन् ।
‘त्यसैले हाल विभिन्न संस्थाले सञ्चालन गरिरहेका सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गतको स्वास्थ्य बीमा कार्यक्रम छोड्नु नपर्ने मन्त्रालयको बुझाइ छ,’ उनले भने, ‘कसैले पनि स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत दोहोरो, तेहरो फाइदा लिन नसकून् भनेर सरकारले एकद्वार नीति लिएको हो । तर, सरकारले दिने सामाजिक सुरक्षा र अन्य संस्थाले दिने सामाजिक सुरक्षाको सुविधा फरक हुन् ।’
बजेट भाषणमा अर्थमन्त्री महतले नागरिकलाई न्यूनतम सेवा आधारभूत स्वास्थ्य सुनिश्चित गर्न हाल सञ्चालनमा रहेका स्वास्थ्य बीमालगायत सामाजिक सुरक्षाका कार्यक्रमलाई निरन्तरता दिएको बताएका थिए । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि स्वास्थ्य सेवा उपलब्ध गराउन संघ तथा प्रदेशका सबै अस्पताललाई आग्रह गरेको छ । उक्त मन्त्रालयले...
काठमाडौँ। आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोग गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम...
काठमाडौँ। सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको बढ्दो आकर्षणलाई थप मजबुत बनाउने उद्देश्यका साथ पूर्वाधार विकासको योजना अघि बढाएको छ। उत्कृष्ट नतिजा हासिल गर्दै आइका...
जनकपुर । आईसीयू अभाव हुँदा सर्पदंशका बिरामीको उपचारको क्रममा मृत्यु भएको घटनालाई लिएर प्रादेशिक अस्पताल जनकपुरका निर्देशक डा. जामुनप्रसाद सिंह मधेश प्रदेशअन्तर्गतको स्वास्थ्य तथा...
२०१३ साल जेठ २९ गते गजुरी गाउँपालिका–८ धादिङमा जन्मनुभएका राजेन्द्रप्रसाद पाण्डे नेपाली कम्युनिस्ट पार्टीका नेता हुनुहुन्छ । बुवा नेत्रराज पाण्डे र आमा मनमाया पाण्डेका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend