Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • वानएक्स बेट प्रकरण : पक्राउ परेका कलाकारलाई चार दिन हिरासतमा राख्न अनुमति


    बिहिबार, जेष्ठ ३२ २०८०
    2.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । वानएक्स बेट कारोबारी आरोपमा पक्राउ परेका ५ कलाकारसहित ८ जनालाई चार दिन हिरासतमा राख्न अनुमति दिइएको छ । काठमाडौं जिल्ला अदालतले चार दिन हिरासतमा राखेर उनीहरुलाई अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंलाई अनुमति दिएको हो ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आज कलाकारहरु राजु पौडेल (राजु मास्टर), मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे), भटभटे माइला (बेगम नेपाली), पवन खतिवडा (म्याकुरी) र सरोज घिमिरेलाई पक्राउ गरेको हो ।

    यस्तै युट्युबर अलिस राई, जलन घर्ती मगर र गणेश देवकोटालाई पनि राजधानीको विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुले बेटिङलाई प्रमोशन गरेको प्रहरीको आरोप छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार