काठमाडौं । मिटरब्याज जाँचबुझ आयोगमा २२ हजार मिटरब्याजी पीडितले उजुरी दिएका छन् । मधेश प्रदेशका आठसहित ६७ जिल्लाका मिटरब्याजी पीडितले उजुरी दिएका हुन् । सरकारले वैशाख १७ गते विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा गठन गरेको मिटरब्याज जाँचबुझ आयोगमा सबैभन्दा बढी मधेश प्रदेशमा उजुरी आएका छन् । जिल्ला प्रशासन कार्यालयमार्फत आयोगमा उजुरी दिनेमा बाराका सबैभन्दा बढी छन् ।
आयोगका सदस्य एवं एवं महान्यायाधिवक्ता गणेशबाबु अर्यालले बारामा मात्रै तीन हजार ३२२ निवेदन परेको बताए। उनका अनुसार पर्सामा एक हजार ३२१, रौतहटमा दुई हजार ५८, सर्लाहीमा एक हजार ९२०, महोत्तरीमा दुई हजार ३३६, धनुषामा दुई हजार ६१५, सिराहामा दुई हजार ९२० र सप्तरीमा एक हजार ५७९ वटा निवेदन परेका छन् ।
उनले भने, “पीडितका तर्फबाट २२ हजार निवेदन परेका छन् । १६ हजारको तथ्याङ्क इन्ट्री भइसकेको छ । केही मुद्दामा मिलापत्र पनि भएको छ । निवेदनलाई वर्गीकरण गरिएको छ । अदालतबाट मुद्दा चलेका, फैसला भएका र भर्खरै कानुनी प्रक्रियामा आएका मुद्दालाई प्राथमिकताका आधारमा वर्गीकरण गरेर समाधान गरिने छ।” सदस्य अर्यालका अनुसार सहायक प्रमुख जिल्ला अधिकारी नेतृत्वमा जिल्लामा कार्यदल गठन गरिएको छ। आजको गोरखापत्र दैनिकमा समाचार छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend