Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यसपालि तापक्रमले रेकर्ड ब्रेक गर्दै


    शनिबार, जेष्ठ २७ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेपालका धेरैजसो स्थानमा यसपालि अधिकतम तापक्रमले ‘रेकर्ड ब्रेक’ गर्ने देखिएको छ । केही स्थानमा रेकर्ड ब्रेक भइसकेको र अझै तातो हावाको लहर (लु) जारी रहने देखिएकाले थप रेकर्ड ब्रेक हुने सम्भावना रहेको छ।

    नेपालमा हालसम्मकै उच्च तापक्रम सन् १९९५ मा मापन गरिएको थियो । यस्तै, यही जेठ २४ गतेसम्मको तथ्याङ्कमा सबैभन्दा बढी ४३ दशमलव आठ डिग्री तापक्रम रेकर्ड भएको छ । सन् २०२३ को यो सबैभन्दा बढी मापन हो । यसअघि नेपालमा सन् १९९५ को जुन ५ मा धनगढीमा ४६ दशमलव चार डिग्री तापक्रम मापन भएको थियो । यो नेपालकै सबैभन्दा बढी मापन हो ।

    धनगढीमा भएको उक्त उच्च तापक्रम नै अहिलेसम्म नेपालमा मापन गरिएको सबैधन्दा धेरै गर्मी हो ।

    “त्यो समय धनगढीको तापक्रम ४६.४ डिग्री सेल्सियस मापन गरिएको थियो । त्यसयता त्यति धेरै तापक्रम नेपालमा पुगेको छैन,” मौसमविद् वरुण पौडेलले भने ।

    काठमाडौंको अहिलेसम्मको उच्च तापक्रम ३६.६ डिग्री सेल्सियस हो । सन् १९८९ मे ७ मा काठमाडौंको तापक्रम ३६.६ डिग्री सेल्सियस पुगेको र त्यसयता उक्त रेकर्ड ब्रेक नभएको मौसमविद् पौडेल बताउँछन् ।

    सन् १९९५ मा नेपालगन्ज र भैरहवामा ४५ डिग्री सेल्सियस तापक्रम पुगेको थियो ।

    कतै तातो हावा चल्ने, केही स्थानमा वर्षाको सम्भावना

    यो वर्ष नवलपुरको दुम्कौलीमा सबैभन्दा धेरै तापक्रम ४४ डिग्री सेल्सियस मापन गरिएको छ ।

    यो वर्ष सन् १९९५ को तापक्रम रेकर्ड ब्रेक हुने खतरा छ ? “दिनकै भारी मात्रामा पोइन्ट एक/दुई हुँदै तापक्रम बढ्ने होइन । त्यसैले १९९५ को रकेर्ड ब्रेक यो वषै हुँदैन । हिजो अस्ति जुन रेन्जमा तापक्रम रह्यो त्यसकै आसपासमा यो वर्षको तापक्रम रहन्छ,” जवाफमा मौसमविद् पौडेलले भने । मध्य र पश्चिम तराईमा जिल्लामा केही दिन अझै तापक्रम उच्च रहे पनि पूर्वी तराईका भू–भागमा भने अब विस्तारै गर्मी घट्ने उनको भनाइ छ । केही दिनमै मनसुन प्रवेश हुने समय आएकाले पनि अब धेरै तापक्रम नबढ्ने उनको तर्क छ ।

    पूर्वी तराईमा बादल देखिन थालिसकेको उनले जानकारी दिए । त्यसैले पूर्वी क्षेत्रमा अब तापक्रम नबढ्ने मौसमविद् पौडेलको बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार