काठमाडौं । नेपालका धेरैजसो स्थानमा यसपालि अधिकतम तापक्रमले ‘रेकर्ड ब्रेक’ गर्ने देखिएको छ । केही स्थानमा रेकर्ड ब्रेक भइसकेको र अझै तातो हावाको लहर (लु) जारी रहने देखिएकाले थप रेकर्ड ब्रेक हुने सम्भावना रहेको छ।
नेपालमा हालसम्मकै उच्च तापक्रम सन् १९९५ मा मापन गरिएको थियो । यस्तै, यही जेठ २४ गतेसम्मको तथ्याङ्कमा सबैभन्दा बढी ४३ दशमलव आठ डिग्री तापक्रम रेकर्ड भएको छ । सन् २०२३ को यो सबैभन्दा बढी मापन हो । यसअघि नेपालमा सन् १९९५ को जुन ५ मा धनगढीमा ४६ दशमलव चार डिग्री तापक्रम मापन भएको थियो । यो नेपालकै सबैभन्दा बढी मापन हो ।
धनगढीमा भएको उक्त उच्च तापक्रम नै अहिलेसम्म नेपालमा मापन गरिएको सबैधन्दा धेरै गर्मी हो ।
“त्यो समय धनगढीको तापक्रम ४६.४ डिग्री सेल्सियस मापन गरिएको थियो । त्यसयता त्यति धेरै तापक्रम नेपालमा पुगेको छैन,” मौसमविद् वरुण पौडेलले भने ।
काठमाडौंको अहिलेसम्मको उच्च तापक्रम ३६.६ डिग्री सेल्सियस हो । सन् १९८९ मे ७ मा काठमाडौंको तापक्रम ३६.६ डिग्री सेल्सियस पुगेको र त्यसयता उक्त रेकर्ड ब्रेक नभएको मौसमविद् पौडेल बताउँछन् ।
सन् १९९५ मा नेपालगन्ज र भैरहवामा ४५ डिग्री सेल्सियस तापक्रम पुगेको थियो ।
कतै तातो हावा चल्ने, केही स्थानमा वर्षाको सम्भावना
यो वर्ष नवलपुरको दुम्कौलीमा सबैभन्दा धेरै तापक्रम ४४ डिग्री सेल्सियस मापन गरिएको छ ।
यो वर्ष सन् १९९५ को तापक्रम रेकर्ड ब्रेक हुने खतरा छ ? “दिनकै भारी मात्रामा पोइन्ट एक/दुई हुँदै तापक्रम बढ्ने होइन । त्यसैले १९९५ को रकेर्ड ब्रेक यो वषै हुँदैन । हिजो अस्ति जुन रेन्जमा तापक्रम रह्यो त्यसकै आसपासमा यो वर्षको तापक्रम रहन्छ,” जवाफमा मौसमविद् पौडेलले भने । मध्य र पश्चिम तराईमा जिल्लामा केही दिन अझै तापक्रम उच्च रहे पनि पूर्वी तराईका भू–भागमा भने अब विस्तारै गर्मी घट्ने उनको भनाइ छ । केही दिनमै मनसुन प्रवेश हुने समय आएकाले पनि अब धेरै तापक्रम नबढ्ने उनको तर्क छ ।
पूर्वी तराईमा बादल देखिन थालिसकेको उनले जानकारी दिए । त्यसैले पूर्वी क्षेत्रमा अब तापक्रम नबढ्ने मौसमविद् पौडेलको बताए।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको...
काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा हालै घटेका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेको बताएकी छन्। चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend