Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • वीपी कोइराला प्रतिष्ठान धरानमा पानीको अभाव, एक हप्ता पढाइ बन्द


    मंगलबार, जेष्ठ २३ २०८०
    2.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले पानीको चरम अभावको कारण स्नातक तहको अध्ययन एक हप्ता बन्द गरेको छ । एकेडेमिक्सकी सहायक डीन डा.भीम्मी सिंहले सूचना जारी गर्दै पानीको चरम अभावको कारण एक हप्ता कुनै पनि कक्षा नहुने बताएकी हुन्।

    बीडीएस तथा इन्टर्नको दोस्रो वर्ष बाहेकको कक्षा आजदेखि ३० गतेसम्म बन्द गरिएको छ । चरम पानी अभावको कारण समस्या भइरहेको विद्यार्थीहरुले लिखित गुनासो दिएकोले पढाइ बन्द गरिएको उनको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार