Nepal Face
  • आइतबार, १० साउन २०८३
  • १६ वर्षीया चिनियाँ युवतीले गरिन् सगरमाथाको सफल आरोहण


    बुधबार, जेष्ठ ३ २०८०
    2.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहणमा १६ वर्षीया चिनियाँ युवती शुई चो युआनले आरोहणमा सफलता प्राप्त गरेकी छन्। चिनियाँ युवती शुई चो युआनले यही जेठ १ गते सोमबार बिहान बजे सगरमाथाको चुचुरोको दक्षिणी मोहडाबाट सफल आरोहण गरेकी हुन्।

    नेपाल बिग माउण्टेन ट्राभलले आज यहाँ पत्रकार सम्मेलन गरी चिनियाँ युवती शुई चो युआनले सगरमाथाको आरोहण गरेको जानकारी दिएको छ ।

    नेपाल बिग माउण्टेन ट्राभलले उनको आरोहणका क्रममा समन्वय गरेको प्रबन्ध निर्देशक सदुर्शन नेपालले जानकारी दिए। उनी महिलामा हालसम्म सम्भवतः सबैभन्दा कम उमेरको सगरमाथा आरोही रहेको बताइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार