काठमाडौं । सरकारका अधिकांश सचिवहरू अहिले पनि बिचौलियाकै भूमिकामा रहेको भन्दै आम कर्मचारीहरूबाट प्रमुख प्रशासनिक भूमिकामा रहेका सचिवहरूप्रति आक्रोश पैदा हुन थालेको छ ।
अधिकांश सचिवहरू मन्त्री र उनका आसेपासेबाट परिचालित हुँदा र बिचौलियाकै भूमिकामा पुग्दा सिंगो प्रशासन क्षेत्रको साख निहुरिएको भन्दै सचिवहरूप्रति आक्रोश व्यक्त हुन थालेको हो । निजामती क्षेत्रमा विभिन्न मन्त्रालय र निकायमा गरी झन्डै ७० जना विशिष्ट श्रेणी सचिवस्तरका कर्मचारी छन् ।
उनीहरूमध्ये अधिकांशलाई बिचौलियाको आरोप लागेको छ । केही सचिवहरू भने इमानदार रहेको र उनीहरू दबिएको अवस्थामा रहन बाध्य भएको बताइएको छ । इमानदार सचिवको पहुँच उच्च राजनीतिक नेतृत्वसँग छैन । त्यसैले उनीहरू पाखा पर्नुपरेको बताइन्छ । उनीहरू भने बिचौलियाको आरोपबाट मुक्त छन् ।
सरकारका कार्यालय सहयोगीदेखि उपसचिवसम्मकै कर्मचारीले सरकारका अधिकांश सचिव र सहसचिवको भूमिकामाथि बारम्बार प्रश्न गर्दै आइरहेका छन् । केही थोरै सचिवहरूले अन्य सचिवको कार्यशैली देख्दा वाक्कदिक्क भएको बताउने गरेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा तत्कालीन गृहसचिव टेकनारायण पाण्डे तत्कालीन मन्त्री बालकृष्ण खाँणको बिचौलियाको भूमिकामा रहेको पुष्टि भएसँगै सरकारका अधिकांश सचिवहरू अहिले पनि त्यस्तै भूमिकामा रहेको हुन सक्ने भन्दै प्रश्न उठ्न थालेको हो । प्रहरीका अनुसार सचिव पाण्डे आफैंले मन्त्रीलाई पु¥याउन भन्दै करोडौं रुपियाँको डिल गरेको प्रमाणहरू भेटिएका छन् । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend