Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • दैलेखमा चट्याङ लागेर एकै परिवारका चार जना घाइते


    मंगलबार, जेष्ठ २ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । दैलेखमा चट्याङ लागेर एकै परिवारका चार जना घाइते भएका छन् । गएराति घरभित्रै सुतिरहेका बेला चट्याङ लागेर उनीहरु घाइते भएका हुन् ।

    घाइते हुनेमा डुंगेश्वर गाउँपालिका-२ लाँकुरीका २१ वर्षीय पारस विक, १६ वर्षीया हेमा विक, १७ वर्षीया पूर्णा विक र २० वर्षीया पुष्पा विक रहेका छन् ।

    घाइते भएकाहरुको दैलेख जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरुलाई गएराति नै एम्बुलेन्समार्फत दैलेख अस्पताल पुर्‍याइएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार