काठमाडौं । मेलम्चीको पानी काठमाडौंमा वितरण हुन थाले पनि वर्षामा बन्द गरिँदै आएको छ । यो वर्ष भने वर्षामा पनि काठमाडौँ उपत्यकामा मेलम्ची पानी ल्याउन गृहकार्य शुरू भएको छ । मेलम्ची खानेपानी विकास समितिले वर्षायाममा पनि काठमाडौं उपत्यकामा पानी ल्याउने गरी आवश्यक अस्थायी प्रबन्ध मिलाउने तयारी गरेको हो ।
त्यसका लागि समितिले जेठ १ गतेदेखि नै उपत्यकामा पानी पथान्तरण स्थगन गर्ने भएको छ । मेलम्ची हेडवर्क्स एवं सुरुङ मर्मतमा लागि जेठ १ देखि १५ गतेसम्म पानी पथान्तरण गर्ने समितिले जानकारी दिएको छ ।
आयोजनाका अनुसार उक्त कार्यका लागि ८ देखि १५ दिन लाग्छ । समितिका प्रवक्ता राजेन्द्र पन्तले यो वर्षायाममा पनि मेलम्चीको पानी काठमाडौँमा ल्याउन सकिन्छ कि भनेर गृहकार्य थालिएको जानकारी दिए । २०७८ को बाढीले क्षतिग्रस्त हेडवर्क्सलगायत संरचनाको अल्प-मध्यकालिक पानी पथान्तरणका लागि आवश्यक निर्माण सुधारका लागि पानी पथान्तरण स्थगन गरिएको हो ।
काठमाडौँतर्फ पानी पथान्तरण रोकिने सूचनासँगै काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले पनि खानेपानी वितरणमा असुविधा हुने जानकारी दिएको छ । केयूकेएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मिलनकुमार शाक्यले मेलम्चीको पानी पथान्तरण स्थगन भएपछि अहिलेको पानी वितरण केही असहज हुने बताए ।
उपत्यकामा मेलम्चीको पानी दैनिक १७ करोड लिटर वितरण हुँदै आएको छ । मर्मतसम्भारका लागि मेलम्ची पानी पथान्तरण रोकेपछि अन्य स्रोतको मात्रै पानी वितरण गर्नुपर्ने उनको भनाइ छ । यसले गर्दा उपत्यकामा पानी वितरण अब ८ दिनको अन्तरमा हुने उनको भनाइ छ । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend