काठमाडौँ । सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्तीलाई प्रहरीले पक्राउ गरेको छ । फेसबुकमा साथी बनी म्यसेन्जरमा वार्तालाप गर्ने क्रममा पीडित महिलालाई ललाई फकाइ अश्लील जन्य क्रियाकलाप गर्न बाध्य पारी सोको स्क्रिन रेकर्ड पीडित महिलालाई नै बारम्बार पठाइ आफू अनुकूल फाइदा लिने काठमाडौँको कीर्तिपुरका नरेन्द्र केसी पक्राउ परेका हुन् ।
आफ्नो योजना अनुसारको कार्य गर्न पीडित महिला तयार नभएपछि उनले महिलाका आफन्त तथा साथीलाई म्यासेन्जरमा अश्लील क्रियाकलापमा संलग्न भएको स्क्रिन रेकर्ड पठाएर हैरानी गर्न थालेपछि पीडित महिलाले प्रहरीमा उजुरी दिएकी थिइन् ।
केसीलाई विद्युतीय कारोबार ऐन २०६३, अपराध अन्तर्गतको कसुरमा सम्मानित काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिई ब्युरोबाट खटिई गएको टोलीले प्रहरी वृत्त कीर्तिपुरको सहयोगमा पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रकरीले जानकारी दिएको छ ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौं । काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत (छैटौं) उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भट्टराईलाई २१ हजार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend