Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संसदमा आजदेखि प्रि बजेटका बारेमा प्रारम्भिक छलफल


    सोमबार, बैशाख २५ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आजदेखि बजेटका सिद्धान्त तथा प्राथमिकता (प्रि बजेट) माथि छलफल सुरु हुने भएको छ । हिजो बसेको प्रतिनिधिसभा कार्य व्यवस्था समितिको बैठकले उक्त निर्णय गरे अनुसार आजबाट प्रि बजेटका बारेमा छलफल हुने भएको हो ।

    बैठकमा आज देखि २७ गतेसम्म प्रि बजेट छलफल हुने छ । बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म प्रि बजेटमाथि छलफल गर्ने र २७ गते अर्थमन्त्री डा.प्रकाशशरण महतले जवाफ दिने कार्यक्रम तय भएको संसद सचिवालयले जनाएको छ ।

    प्रतिनिधिसभाको बजेट अधिवेशन सुरु भएको पहिलो दिन हिजो अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरेका थिए । आजदेखि त्यसैमा छलफल हुन लागेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार